केन्द्रको वेबसाइटमा डाउनलोड तथा अपलोड कार्य अवरुद्ध भएको बारे

पाठ्यक्रम विकास केन्द्र (CDC) को वेबसाइटको सर्भरमा Storage Full भएको कारण हाल डाउनलोड  र अपलोड कार्यमा समस्या भएको छ। सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय (DOIT) बाट प्राप्त जानकारी अनुसार समस्या समाधानका लागि सर्भरमा Storage थप्ने कार्य भइरहेको र उक्त कार्य सम्पन्न हुन केही समय लाग्ने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। सेवाग्राही तथा सरोकारवालामा पर्न गएको असुविधाप्रति केन्द्र क्षमाप्रार्थी छ।